बन्चरेडाँडामा फोहोर बोकेर गएका गाडी नरोक्न सर्वोच्चको अन्तरिम आदेश

हिमाल प्रेस २ साउन २०८० ७:५४ | Tuesday, July 18, 2023
बन्चरेडाँडामा फोहोर बोकेर गएका गाडी नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ- सर्वोच्च अदालतले ल्यान्डफिलसाइट बन्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने टिपरलाई रोक्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

फोहोर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले सोमबार आदेश दिएको छ। फोहोरमैला व्यवस्थापन संघले दिएको रिटमाथि भएको बहसमा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सो आदेश दिएको हो।

संघले आइतबार ककनी गाउँपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय मामिला, वन तथा वातावरण र सहरी विकास मन्त्रालयलाई विपक्षी बनाइ रिट दर्ता गरेको थियो।

निवेदनको टुंगो नलागेसम्म ककनी गाउँपालिकाको बन्चरेडाँडा ल्यान्डफिल साइटसम्म जानआउन अवरोध नगर्न अन्तरिम आदेश मागिएको थियो।

निवेदकको माग अनुसार नै आदेश आएको हो।

प्रकाशित: २ साउन २०८० ७:५४ | Tuesday, July 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast