सीटीईभीटीको शुल्क समायोजनविरुद्ध अखिल क्रान्तिकारीले बुझायो ध्यानाकर्षण पत्र

हिमाल प्रेस २ साउन २०८० ६:५८ | Tuesday, July 18, 2023
सीटीईभीटीको शुल्क समायोजनविरुद्ध अखिल क्रान्तिकारीले बुझायो ध्यानाकर्षण पत्र

काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले शुल्क समायोजन सम्बन्धी सूचना जारी गरेसँगै विद्यार्थी संगठनहरू आन्दोलित भएका छन्।

सीटीईभीटीले गरेको शुल्क समायोजनले विद्यार्थीलाई भार थोपरेको भन्दै सोमबार अखिल क्रान्तिकारीको पवन कार्की समूहले ध्यानाकर्षण पत्र पेस गरेको छ।

सो समूहका प्रवक्ता उपदेश यादवका अनुसार सीटीईभीटीले विद्यार्थी र अभिभावकमाथि चर्को शुल्कको भार थोपर्ने निर्णय गरेकाले ध्यानाकर्षणसहित ७ बुँदे मागहरु पेस गरिएको छ।

अखिल क्रान्तिकारी सीटीईभीटी तथा विद्याविद्यालय इन्चार्ज सागर केसी र संयोजक जगत भण्डारीले ध्यानाकषर्ण जारी गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुरमा निर्देशक नवराज कोइराला मार्फत सदस्य सचिवसमक्ष मागहरु पेस गरिएको हो।

शैक्षिक माफियाहरु सँगको साँठगाँठ र मिलेमतोमा नर्सिङमा ३१ प्रतिशत, सामान्य चिकित्सामा २९ प्रतिशत र फार्मेसीमा २५ प्रतिशतका दरले गरिएको शुल्क वृद्धि तत्काल फिर्ता गरी पुरानै शुल्कमा पठन पाठन गराउनु पर्ने, छात्रवृत्ति २० प्रतिशत कायम गर्नु पर्ने लगायतका मागहरू बुँदागत रूपमा पेस गरिएको छ।

 

प्रकाशित: २ साउन २०८० ६:५८ | Tuesday, July 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast