एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि

हिमाल प्रेस २ साउन २०८० ६:४२ | Tuesday, July 18, 2023
एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ।

आज मंगलबार बिहान ९ बजे सचिवालय बैठक बस्ने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले सोमबारको बैठक मंगलबार पुनः बस्ने गरी स्थगित भएको थियो।

बैठक समसामयिक घटनाक्रम, संगठन सुदृढीकरण अभियानको समीक्षा र वैचारिक नीतिमा केन्द्रित छ।

पार्टी परित्याग गरी गएका केही नेताका कारण रिक्त पदहरूमा मनोनित गर्ने विषयमा मंगलवार छलफल गरिने जनाइएको छ। पार्टीमा केही उपाध्यक्ष सहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद रिक्त छ।

प्रकाशित: २ साउन २०८० ६:४२ | Tuesday, July 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast