
काठमाडौँ– नेपाली कांग्रेसको पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ। बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु भएको हो। मंगलबार (भोलि)देखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेन्डाबारे छलफल गर्न नेताहरू जुटेका हुन्।
शीर्ष नेताको बैठकबाट केन्द्रीय समिति बैठकका एजेन्डा तय गरेर केन्द्रीय समितिमा पेस गर्ने तयारी छ।
कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणको विषयलाई बैठकको एजेन्डा बनाउने कि नबनाउने भन्नेबारे विवाद छ। इतर समूह खाणलाई निलम्बन गरेर जानुपर्ने पक्षमा छ भने देउवा यस विषयलाई बैठकको विषय नै नबनाउने पक्षमा छन्। खाण नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने प्रकरणमा मुछिएर अहिले पूर्पक्षका लागि थुनामा पुगेका छन्। तर कांग्रेसले अझैसम्म पार्टीको तर्फबाट कारबाही गरेको छैन।
गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीताको निधन भएपछि रोकिएको थियो। त्यस दिन रोकिएको बैठक साउन २ गतेलाई तोकिएको थियो।