बैंकिङ कसुरको मुद्दामा लुम्बिनीका पूर्वमन्त्री पक्राउ

हिमाल प्रेस १ साउन २०८० ११:२३ | Monday, July 17, 2023
बैंकिङ कसुरको मुद्दामा लुम्बिनीका पूर्वमन्त्री पक्राउ

काठमाडौँ- नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन्। यादवलाई प्रहरीले बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको हो।

लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्री रहिसकेका यादवले रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवको नाममा १० माघ २०७० मा काटेको चेक अनादर भएको थयो।

यादवले १२ लाख २८ हजार रुपैयाँ चेक काटेर दिए पनि पटक पटक बैंक जाँदा पर्याप्त मौज्दात नभएको देखिएपछि चेक अनादर (बाउन्स) भएको थियो।

भुक्तानीका लागि चेक लिएका यादवले प्रहरीमा पूर्वमन्त्री यादवविरुद्ध चेक अनादरको उजुरी दर्ता गरेका थिए।

उजुरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले यादवलाई आइतबार बाँकेको डुडुवा गाउँपालिकाको होलियाबाट नियन्त्रणमा लिएको हो।

प्रकाशित: १ साउन २०८० ११:२३ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast