पदाधिकारी बैठकअघि कांग्रेस महामन्त्री थापा र कोइरालाबीच छलफल

हिमाल प्रेस १ साउन २०८० १०:१६ | Monday, July 17, 2023
पदाधिकारी बैठकअघि कांग्रेस महामन्त्री थापा र कोइरालाबीच छलफल

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठकको पूर्वसन्ध्यामा महामन्त्री गगनकुमार थापाले सोमबार बिहान नेता डा. शेखर कोइरालासँग छलफल गरेका छन्। महामन्त्री थापा र कोइरालाबीच विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा छलफल भएको हो।

दुई नेताबीच पदाधिकारी बैठकका बारेमा छलफल भएको महामन्त्री थापा निकट स्रोतले बतायो। पदाधिकारी बैठकपछि आवश्यक परे कोइराला समूहको छुट्टै बैठक बस्नेछ।

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सोमबार दिउँसो ३ बजे सभापति शेरबहादुर देउवा निवासमा डाकिएको छ। पदाधिकारी बैठकले केन्द्रीय कार्यसमितिको एजेन्डा तय गर्नेछ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक झन्डै १० महिनापछि मंगलबार बस्दैछ।

यसअघि गत २७ असारमा डाकिएको केन्द्रीय कार्यसमितिको बैठक साउन २ का लागि सारिएको थियो।

प्रकाशित: १ साउन २०८० १०:१६ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast