महाधिवेशनको तयारीमा एकीकृत समाजवादी

हिमाल प्रेस १ साउन २०८० ९:५८ | Monday, July 17, 2023
महाधिवेशनको तयारीमा एकीकृत समाजवादी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।

काठमाडौँ- नेकपा एकीकृत समाजवादी महाधिवेशनको तयारीमा लागेको छ। महाधिवेशनको तयारीका लागि समाजवादीले सचिवालयमा छलफल गरिरहेको छ।

आउँदो फागुनमा महाधिवेशन गर्ने योजनासहित समाजवादी तयारीमा जुटेको हो।

‘हामी मिति तोक्ने प्रयत्नमा छौँ। कसरी अघि बढ्ने भन्ने योजनामा छौँ,’ हिमाल प्रेससँग समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने,‘कार्यदल सम्म बनाउने योजनामा हामी लागेका छौँ।’ समाजवादीको सचिवालय बैठक तीन दिनदेखि लगातार बसिरहेको छ।

एकीकृत समाजवादीले आउँदो फागुनमा महाधिवेशन तोकिसकेको छ। ‘कसको नेतृत्वमा कुन समिति बनाएर अघि बढ्ने भन्ने विषयमा केन्द्रित भइराखेको छौँ।’ खतिवडाले भने।

समाजवादीले पहिलो पल्ट महाधिवेशन गर्न लागेको हो। नेकपा एमालेबाट अलग्गिएर माधव नेपालले २०७८ भदाै २ मा नयाँ पार्टी गठन गरेका थिए।

त्यसबेला आफू निकट नेतालाई निर्वाचन बिना नै नेपालले पद दिएका थिए। आउँदो फागुनमा महाधिवेशन गर्न नेपाललाई झलनाथ खनाल पक्षको समेत दबाब छ।

प्रकाशित: १ साउन २०८० ९:५८ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast