सीटीईभीटीको शुल्कवृद्धि फिर्ता गर्न अनेरास्ववियुको माग

हिमाल प्रेस ३१ असार २०८० १८:२४ | Sunday, July 16, 2023
सीटीईभीटीको शुल्कवृद्धि फिर्ता गर्न अनेरास्ववियुको माग

काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले बढाएको शुल्क फिर्ता लिन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले ४८ घण्टे अल्टिमेटम दिएको छ। बढाएको शुल्क फिर्ता नलिए चरणबद्ध रूपमा आन्दोलन गर्ने अनेरास्ववियुले घोषणा गरेको हो।

२०८० असार २९ गते शुक्रबार शुल्क समायोजनसम्बन्धी मन्त्रीस्तरीय निर्णय भनेर शैक्षिक सत्र २०८०/०८१ देखि सीटीईभीटीमा भर्ना हुने विद्यार्थीमाथि भारी शुल्क वृद्धि गरेको प्रति अनेरास्ववियुले खेद प्रकट गरेको जनाएको छ।

निजी शैक्षिक संस्थाहरूको आर्थिक प्रलोभनमा परी गरिब जनताका छोराछोरीले हासिल गर्ने प्राविधिक शिक्षामा गरिएको भारी शुल्क वृद्धि ४८ घण्टाभित्र फिर्ता लिन अनेरास्ववियुले माग गरेको छ।

शुल्क फिर्ता नभए चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने अनेरास्ववियुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३१ असार २०८० १८:२४ | Sunday, July 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast