‘साइबा’सँग संगीतमा फर्किइन् बेनुका

हिमाल प्रेस ३१ असार २०८० १५:१५ | Sunday, July 16, 2023
‘साइबा’सँग संगीतमा फर्किइन् बेनुका

काठमाडौँ- लामो समयपछि गायिका बेनुका राई गीतसंगीतमा फर्किएकी छन्। उनको स्वर रहेको ‘साइबा’ गीत सार्वजनिक भएको छ। नीलम रोजु राईको शब्द र संगीत रहेको गीतमा देवेश राईले संगीत संयोजन गरेका छन्। गीतको भिडियोमा बेनुकासँगै नीलम र देवेश पनि देखिएका छन्।

एकताका स्रोतामाझ नाम कमाएकी गायिका हुन्, बेनुका। राष्ट्रिय गान गाउन छानिएका प्रतिभामध्ये एक थिइन् उनी। ‘आउ न ठूले फर्की आउ’ उनको चर्चित गीत हो। केही म्युजिक एल्बम पनि उनले निकालेकी छिन्।

सन् २००६ मा अभिनेता दयाहाङ राईसँग बिहे गरेपछि उनी सांगीतिक क्षेत्रबाट टाढिएकी थिइन्। तर संगीतबाट टाढा थिइनन्। उनले ललितकला क्याम्पसबाट संगीतको शिक्षा लिइन्। २०७४ सालमा उनको ‘जोगिया’ म्युजिक भिडियो सार्वजनिक भयो। त्यसमा बेनुकाको स्वर धेरैले रुचाए।

त्यसपछि अब ‘साइबा’ लिएर उनी स्रोतामाझ फर्किएकी छन्। बेनुकाका श्रीमान् तथा चर्चित अभिनेता दयाहाङ राईले फेसबुकमा म्युजिक भिडियो सेयर गर्दै श्रीमतीलाई सफलताको शुभकामना दिएका छन्।

प्रकाशित: ३१ असार २०८० १५:१५ | Sunday, July 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast