काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालय बैठक बोलाएको छ।
आजदेखि तीन दिनसम्मका लागि बैठक बस्ने बैठकमा पार्टीले एक वर्षमा गरेका कामको समीक्षा, समसायिक राजनीतिक विषय, सरकारका कामकारबाही र पार्टी छोडेका नेताहरूको ठाउँमा अन्यलाई जिम्मेवारी दिइने समाजवादी स्रोतले जनाएको छ।
कीर्तिपुरस्थित पुष्पलाल स्मृति भवनमा आज ११ बजेदेखि बस्ने बैठकमा पार्टीका भावी रणनीतिका विषयमा छलफल हुनेछ।
प्रकाशित: २९ असार २०८० ११:२८
प्रतिक्रिया