सीता दाहालको अन्त्येष्टि २ बजे गरिने

हिमाल प्रेस २७ असार २०८० ९:३४ | Wednesday, July 12, 2023
सीता दाहालको अन्त्येष्टि २ बजे गरिने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी पार्टी कार्यालयमा राखिने भएको छ।

श्रद्धाञ्जलीका लागि पेरिस डाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा उनको पार्थिव शरीर राखिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

बुधबार बिहान ८:३३ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ देखि १ बजेसम्म पार्टी कार्यालयमा राखिने र २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

लामो समयदेखि नशासम्बन्धी रोगबाट गुज्रँदै आएकी उनी पछिल्लो समय अचेत अवस्थामा थिइन्।

माओवादीले सुरु गरेको जनयुद्धताका उनले प्रचण्डसँगै भूमिगत भएर काम गरेकी थिइन्। माओवादी केन्द्रकी सल्लाहकार रहेकी दाहालले पार्टी जीवनमा पनि योगदान गरेकी छन्।

प्रकाशित: २७ असार २०८० ९:३४ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast