रोस्टमबाट प्रधानमन्त्रीको प्रश्न : प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो?

हिमाल प्रेस २५ असार २०८० १६:४२ | Monday, July 10, 2023
रोस्टमबाट प्रधानमन्त्रीको प्रश्न : प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो?

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले स्पष्टीकरण दिन पनि नपाएको दुःख व्यक्त गरेका छन्। उनले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूले स्पष्टीकरण दिन चाहँदा पनि नपाएको बताएका  हुन्।

‘मैले यो विषय उठेपछि सदनलाई जानकारी गराउँछु भनेकै हो। यही हो त संसदीय अभ्यास? राजीनामा नआएसम्म बोल्न दिन्न भनेको के हो ? प्रधानमन्त्रीलाई स्पष्टीकरणको मौका पनि दिन नहुने हो?,’ उनले भने, ‘हाम्रो मर्यादा यत्ति हो? स्पष्टीकरण दिन नपाइ राजीनामा माग्ने? प्रतिपक्षी दलले राजीनामा माग्यो। के प्रतिपक्षमा माग्दैमा राजीनामा दिनुपर्ने हो?’

उनले आफू काउन्टर एट्याकमा नउभिने बताएका छन्।

केही दिनअघि प्रधानमन्त्रीले भारतीय व्यवसायी प्रितम सिंहको पुस्तक बिमोचन गर्दै आफूलाई प्रधानमन्त्री बनाउन  सिंहले दिल्लीमा र देशभित्र कुरा गरेको बताएका थिए।

प्रकाशित: २५ असार २०८० १६:४२ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast