साउने सोमबारको व्रत सुरु, पशुपतिमा दर्शनार्थीको भीड [तस्बिरहरू]

दिपेश श्रेष्ठ २५ असार २०८० १०:१९ | Monday, July 10, 2023
साउने सोमबारको व्रत सुरु, पशुपतिमा दर्शनार्थीको भीड [तस्बिरहरू]

काठमाडौँ– चन्द्रामासअनुसार साउनको पहिलो सोमबारको व्रत आजबाट सुरु भएको। चन्द्रामासअनुसार साउनको सोमबार सुरुभए सँगै पशुपतिमा दर्शनार्थीको भीड लागेको छ।

यस वर्ष साउन महिनामा अधिकमास परेको छ। चन्द्रामासअनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने पात्रोमा उल्लेख छ।

सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ। चन्द्रामासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चांग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ।

धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन्।

अधिकमासका कारण साउनमा परेको सोमबार व्रत गर्ने कि नगर्ने भन्नेमा धर्मशास्त्र विज्ञबीच नै मतान्तर देखिएको छ।

नेपालमा सौरमासअनुसार सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहेका धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए।

पशुपतिनाथ मन्दिरमा भने चन्द्रामासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ।

साउने सोमबारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए।

प्रकाशित: २५ असार २०८० १०:१९ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast