वन रक्षकको परीक्षामा तीन नक्कली परीक्षार्थी पक्राउ

हिमाल प्रेस २२ असार २०८० १९:३४
36
SHARES
वन रक्षकको परीक्षामा तीन नक्कली परीक्षार्थी पक्राउ

पोखरा- लोक सेवा आयोग गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको परीक्षामा शुक्रबार ३ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालीकोट जिल्ला रास्कोट २, सिपखानाका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट ४ सिउनाका २० वर्षीय गौरी संज्याल र सोही ठाउँका अर्का १८ वर्षीय नावालक हुन्।

गण्डकी प्रहरी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजातहरू चेकजाँच गर्नेक्रममा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले बताए।

उनीहरूले परीक्षार्थीहरूको नामको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर परीक्षा दिँदै गरेका थिए। उनीहरूलाई जिल्ला अदालतबाट शिक्षा ऐनसम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

३ साताअघि पनि वन रक्षककै परीक्षामा कास्कीमा नक्कली परीक्षार्थी पक्राउ परेका थिए।

प्रकाशित: २२ असार २०८० १९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =