काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउद अजरबैजान जाने भएका छन्। असंलग्न राष्ट्रहरूका परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा सहभागिता जनाउन उनी असार १९ गते राति २ बजे अजरबैजानको बाकु जाने भएका हुन्।
सम्मेलन असार २० र २१ गते हुनेछ। मन्त्री साउद असार २२ गते स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।
सम्मेलनअघि असार १८ र १९ गते बाकुमा उच्च अधिकारीहरूको बैठक बस्दैछ।
प्रकाशित: १५ असार २०८० १९:४९
प्रतिक्रिया