संयुक्त राष्ट्रसंघका उपमहासचिव लुम्बिनीमा

हिमाल प्रेस १४ असार २०८० १७:५१
16
SHARES
संयुक्त राष्ट्रसंघका उपमहासचिव लुम्बिनीमा

लुम्बिनी- संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन-पियरे ल्याक्रोइक्सले बिहीबार बुद्धजन्मस्थल लुम्बिनीकाे भ्रमण गरेका छन्। भ्रमणमा आएका उपमहासचिव पियरेलाई लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गरे।

काेषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी सहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, सूचना अधिकारी राजन राई, बोर्ड सदस्य विश्वराज पौडेलले उमहासचिवलाई खादा ओढाएर लुम्बिनीमा स्वागत गरे।

साेही अवसरमा कोषका उपाध्यक्ष मैत्तयले लुम्बिनीको बारेमा जानकारी गराए। राष्ट्रसंघको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिवले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुसी लागेको बताए।

उनले लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघले सहकार्य गर्दै आएकाले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए। उपमहासचिव ल्याक्रोइक्समायादेवी मन्दिर, शान्ति दीप, थाई, कम्बोडियन फ्रान्स, र भियतनाम गुम्बाहरुको भ्रमण गरे। ४ दिवसीय भ्रमणका शिलशिलामा नेपाल आएका उपमहासचिव ल्याक्रोइक्सले बुद्धजन्मस्थल लुम्बिनी पनि भ्रमण गरेका हुन्।

भ्रमणमा नेपाली सेनाको युद्ध कार्यविभागका विभागीय प्रमुख उपरथी ताराध्वज पाण्डे, रक्षामन्त्रालयका सहसचिव बाबुराम अधिकारीसहित नेपाली सेनाका रथिहरूको सहभागिता छ।

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ भने सोही शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा नेपाल पहिलो नम्बरमा छ।

प्रकाशित: १४ असार २०८० १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast