कोशीका मुख्यमन्त्रीलाई नेकपा एसले विश्वासको मत नदिने, जसपा सहभागी नै नहुने

हिमाल प्रेस १४ असार २०८० १४:५२ | Thursday, June 29, 2023
कोशीका मुख्यमन्त्रीलाई नेकपा एसले विश्वासको मत नदिने, जसपा सहभागी नै नहुने हिक्मत कार्की । फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ। कार्कीले बिहीबार विश्वासको मत लिँदैछन्।

कार्की नेतृत्वमा सरकारलाई माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि उनी बिहीबार विश्वासको मत लिन लागेका हुन्। अहिलेसम्म उनका पक्षमा राप्रपा मात्र खुलेको छ। दुई पार्टीको सांसद संख्या ४६ हुनेछ। बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ।

त्यस्तै जसपा भने विश्वासको मत लिने कार्यसूची भएको प्रदेशसभा बैठकमै सहभागी नहुने भएको छ।
जसपाले विज्ञप्ति जारी गर्दै कोशी नामकरणमा सहयोग गर्ने कुनै पनि दलको नेतृत्वलाई अस्वीकार गर्ने जनाएको छ। साथै सो पार्टीले कोशी प्रदेश नामकरण खारेज गरी पहिचानलाई सम्बोधन गरी प्रदेशको नामकरण पुनः गर्नुपर्ने माग राखेको छ।

निरन्तर संघीयता र पहिचानको निम्ति पहिचानसहितको संघीयता, सुशासन र समृद्धिसँगै समाजवादको बलियो आधार तयार गर्नलाई जनसङ्घर्ष नै प्रमुख साधन हो भन्ने मान्यताका आधारमा आन्दोलनलाई सरकार, सदन र सडक तीनै ठाउँबाट संघर्ष चलाइरहेको जसपाले जनाएको छ।

प्रकाशित: १४ असार २०८० १४:५२ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast