काठमाडौँ– साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासबाहिर गोली चल्दा एक नेपाली सुरक्षा गार्डसहित २ जनाको मृत्यु भएको छ। मेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर आएका एक व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको बताइएको छ।
बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेको अलजजिराले जनाएको छ। मृतक नेपाली सुरक्षा गार्डको पहिचान खुलेको छैन।
सो घटनामा अमेरिकी नागरिकलाई भने केही पनि नभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
प्रकाशित: १४ असार २०८० ९:२१
प्रतिक्रिया