‘परस्त्री’को हिन्दी भर्सन नेपालमा प्रदर्शन नहुने

हिमाल प्रेस १३ असार २०८० १२:०४ | Wednesday, June 28, 2023
‘परस्त्री’को हिन्दी भर्सन नेपालमा प्रदर्शन नहुने

काठमाडौँ– फिल्म ‘परस्त्री’ नेपालमा नेपाली भाषामा मात्र प्रदर्शन हुने भएको छ। नेपालमा नेपाली भाषा र भारतमा हिन्दी भाषामा फिल्म प्रदर्शन हुने निर्देशक सुरज पाण्डेले जानकारी दिए।

‘हामीले निर्माण गरेको नेपाली र हिन्दी भाषाको चलचित्र ‘परस्त्री’ यही असार १५ गतेदेखि नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने कुरा हाम्रा दर्शकहरुलाई जानकारी गराउन चाहन्छु।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

‘साथै हिन्दी भाषामा रहेको ‘परस्त्री’को संस्करण भारतमा मात्रै प्रदर्शन हुनेछ भने नेपाली भाषामा रहेको ‘परस्त्री’ नेपालमा प्रदर्शन हुनेछ।’

केही समयअघि फिल्म निर्माण टिमले हिन्दी भर्सनलाई पनि नेपालमा प्रदर्शन गर्ने योजना बनाएको थिए।

फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, गीता विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय छ।

फिल्म दीपेन्द्र के खनालको लेखन, सुरज पाण्डेको निर्देशन, दीर्घ खड्काको सम्पादन र नीरज कँडेलको छायांकनमा बनेको छ। फिल्मका निर्माता शर्मिला पाण्डे हुन्।

प्रकाशित: १३ असार २०८० १२:०४ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast