काठमाडौँ– नेपाली कांग्रेसले अनलाइनबाट पार्टी सदस्यता वितरण सुरू गरेको छ। पार्टीका कार्यवहाक मुख्यसचिव डा.प्रदीप पराजुलीका अनुसार पार्टीको सदस्यता लिन चाहनेले अनलाइनमा फर्म भरेर प्राप्त गर्न सक्नेछन्।
पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
पार्टी सदस्य बन्न चाहनेले कांग्रेसको वेबसाइट nepalicongress.org/online-membership मा गएर सदस्यता आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन सक्नेछ।

प्रकाशित: १२ असार २०८० १८:४३ | Tuesday, June 27, 2023
प्रतिक्रिया



