सामूहिक कृषिमा सघाउन ज्योति विकास बैंकले दियो धान रोप्ने मेसिन

हिमाल प्रेस ११ असार २०८० १७:४८ | Monday, June 26, 2023
सामूहिक कृषिमा सघाउन ज्योति विकास बैंकले दियो धान रोप्ने मेसिन

काठमाडौँ- ज्योति विकास बैंकले सामूहिक कृषिमा सघाउने उद्देश्यले धान रोप्ने मेसिन सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देहीको तिलोत्तमा–१० शान्तिनगरको उद्यमशील टोल विकास संस्थालाई धान रोप्ने मेसिन हस्तान्तरण गरेको हो।

कृषि उत्पादकत्वमा अभिवृद्धि, सामूहिक कृषि प्रवद्र्धन र कृषकलाई धान रोप्नमा सहजता प्रदान गर्ने उद्देश्यले उक्त सहयोग गरेको बैंकको भनाइ छ। एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका बुटवल क्लस्टर कार्यालय प्रमुख कपिल न्यौपाने र बैंकका मणिग्राम शाखा प्रबन्धक खगेन्द्र थापाले संस्थाका अध्यक्ष घनसिंह पुनलाई मेसिन हस्तान्तरण गरे।

प्रकाशित: ११ असार २०८० १७:४८ | Monday, June 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast