भीमदत्त नगरका पूर्वमेयर विष्ट विरुद्ध ३ करोड बिगो दाबी गर्दै मुद्दा दायर

हिमाल प्रेस १० असार २०८० १७:१०
8
SHARES
भीमदत्त नगरका पूर्वमेयर विष्ट विरुद्ध ३ करोड बिगो दाबी गर्दै मुद्दा दायर

काठमाडौँ- कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वमेयर सुरेन्द्रबहादुर विष्ट विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले पूर्वमेयर विष्टविरुद्ध ३ करोड ३३ लाख रुपैयाँ बिगो दाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनले आर्थिक वर्ष २०७७/७८मा नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवालगायतमा घोटाला गरेको आरोप अख्तियारको छ।

ठेकेदार कम्पनीसँगको मिलेमतोमा ३ करोड ३३ लाख २२ हजार ५ सय ८३ रुपैयाँ राजस्वमा अनियमितता भएको अख्तियारको ठहर छ। पूर्वमेयर विष्टका साथै नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीको पनि भ्रष्टाचारमा संलग्नता रहेको विशेष अदालतमा दायर आरोपपत्रमा उललेख छ।

‘नेपाल सरकार र प्रदेश सरकारको स्वीकृति बिना कार्यदलको सिफारिसको आधारमा राजस्व रकम घटाई कम अंकमा सम्झौता र नियमविपरीत राजस्व रकममा छुट तथा मु.अ.कर चुहावटसमेत गरी ३ करोड ३३ लाख २२ हजार ५ सय ८३ रुपैयाँ १ पैसा बराबर राजस्व चुहावट गरेको छ,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ को खण्ड (क) र (ख) बमोजिमको कसुरमा ३ करोड ३३ लाख २२ हजार ५८३.०१ विगो कायम गरी दोब्बर जरिबाना समेत हुन आएको छ।’

प्रकाशित: १० असार २०८० १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast