चितवनको रत्‍ननगरमा मेयर उद्यमशीलता प्रवर्द्धन कार्यक्रम

हिमाल प्रेस ९ असार २०८० ७:१० | Saturday, June 24, 2023
चितवनको रत्‍ननगरमा मेयर उद्यमशीलता प्रवर्द्धन कार्यक्रम

चितवन– चितवनको रत्ननगर नगरपालिकामा मेयर उद्यमशीलता प्रवर्द्धन कार्यक्रम शुभारम्भ भएको छ।

उद्यमी बन्न चाहेका नगरवासीमध्येबाट पहिलो चरणमा छनोट गरिएका ३८ जनालाई नेपाल बैंकसँगको सहकार्यमा ३ लाखका दरले चेक हस्तान्तरण गर्दै कार्यक्रमको थालिएको हो।

सो अवसरमा मेयर प्रलाद सापकोटाले आर्थिक अवस्था कमजोर भएकालाई पहिलो प्राथमिकता दिँदै उद्यमशीलता प्रवर्द्धन गर्न चेक हस्तान्तरण गरिएको बताए।

उद्यमीले इमान्दारिताका साथ व्यवसाय सञ्चालन गरे थप लगानी गर्ने वातावरण मिलाउन आफू तयार रहेको उनको भनाइ छ।

‘हामी उद्यमीलाई राजनीतिक आँखाले हेर्दैनौं, प्राथमिकताका आधारमा छनोट गर्छौं’, उनले भने, ‘एकल महिला, सीमान्तकृत, अल्पसंख्यक र दलित महिलालाई पहिलो प्राथमिकता दिएका छौं।’

कार्यक्रममा नेपाल बैंक लिमिटेड टाँडी शाखाका प्रमुख सरोज खनालले उद्यमशीलता कार्यक्रममा जोडिएका उद्यमीले उदाहरणीय काम गरेर देखाउनुपर्ने चुनौती रहेको बताए।

बैंकले नगरपालिकासँग समन्वय गरी आवश्यक छनोट प्रक्रिया पूरा गरेपछि ३ वर्षका लागि ३ लाख ऋण लगानी गर्ने र सो ऋणको ब्याज नगरपालिकाले बुझाउने सहमति गरिएको उनको भनाइ छ।

उद्यमीले प्राप्त गरेको ऋणको हरेक ३ महिनामा २५ हजारका दरले किस्ता घटाउँदै ३ वर्षभित्र तिरिसक्नुपर्ने जनाइएको छ। रत्ननगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्माले उद्यमशीलताबिना विकास हुन नसक्ने जनाउँदै उद्यमीले राम्रो गर्न सकेमात्र मेयर उद्यमशीलता प्रवर्द्धन कार्यक्रम थप विस्तार हुने बताए।

कार्यक्रममा उद्यमशीलता कार्यक्रममा छनोट भएका ३८ उद्यमीलाई नेपाल बैंक लिमिटेड टाँडी शाखाका कर्जा प्रमुख दीपेन्द्र अधिकारीले वित्तीय व्यवस्थापनबारे प्रशिक्षण गरेका हुन्।

प्रकाशित: ९ असार २०८० ७:१० | Saturday, June 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast