इमान्दारिताका साथ काम गरे स्वास्थ्य क्षेत्र सुध्रन्छ : स्वास्थ्यमन्त्री

हिमाल प्रेस ८ असार २०८० २०:२८ | Friday, June 23, 2023
इमान्दारिताका साथ काम गरे स्वास्थ्य क्षेत्र सुध्रन्छ : स्वास्थ्यमन्त्री

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले इमान्दारिताका साथ काम गर्ने हो भने स्वास्थ्य क्षेत्रमा सुधार गर्न समय नलाग्ने बताएका छन्। मन्त्रालयले आज (शुक्रबार) नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक गरेको कार्यक्रममा उनले इमान्दारिताका साथ काम गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सकिने बताएका हुन्।

उनले सर्वेक्षणले केही स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गइरहेको देखाएको भन्दै इमान्दारिताका साथ काम गर्ने हो भने स्वास्थ्य क्षेत्रमा सोचेजस्तो सुधार हुने बताए। उनले सर्वेक्षणले मातृ मृत्युदर घटाउन सफल भएको र बाल मृत्युदर पनि घटाउने प्रयास देखिएको बताए।

मन्त्री बस्नेतले मन्त्रालयले नयाँनयाँ काम गरिरहेको उल्लेख गर्दै आजदेखि वीर अस्पतालमा क्याबिनबाहेकका शय्या निःशुल्क गरिएको जानकारी दिए। उनले पुरानो अस्पताललाई जनताको अस्पताल बनाउनका लागि निःशुल्क गरिएको बताए।

मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा लगाइने कर बढाउने तयारी गरिएको समेत बताए। सुर्तीजन्य पदार्थमा बढेको करबाट गरिबी, असहाय बिरामीको उपचार गर्ने उनको भनाइ  छ।

यस्तै उनले बाढी, पहिरोजस्ता आकस्मिक अवस्थामा उपचार गर्नका लागि आकस्मिक कोष स्थापना आवश्यक रहेको बताए। सरकारले राम्रो कार्ययोजना, रणनीति बनाउन सके दातृ निकायले नेपाललाई सहयोग गर्नेसमेत बताए।

प्रकाशित: ८ असार २०८० २०:२८ | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast