 
                             
                                            काठमाडौँ- सर्वोच्च अदालत बार एसोसिएसनले आज अदालत फर्किन लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न प्रयास गर्ने भएको छ। संघीय संसद्का महासचिव भरतराज गौतमले जबराको निलम्बन फुकुवाको पत्र दिएलगत्तै उनी आझै सर्वोच्च अदालत फर्कने तयारीमा छन्।
सर्वोच्च बारका वरिष्ठ प्रशासक अकोश काफ्लेका अनुसार जबरालाई रोक्न अधिवक्ताहरू मुख्य गेटमा धर्ना दिन गइसकेका छन्। ‘उहाँ (चोलेन्द्र)सर्वोच्च जसरी पनि आउने भन्ने थाहा भएपछि वकिलहरू आउन नदिने तयारीमा हुनुहुन्छ,’ उनले भने हिमालप्रेससँग, ‘त्यहीअनुसार आन्दोलनस्वरुप मुख्यगेटमा धर्ना दिन सुरु गरिएको छ। कुनै हालतमा अदालत प्रवेश गर्न नदिने तयारी सर्वोच्च बारको छ।’
सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 