आईजीपी भन्छन् : प्रहरी अस्पतालको गुणस्तर बढाउन उत्कृष्ट काम गरौँ

हिमाल प्रेस ७ असार २०८० १६:१६ | Thursday, June 22, 2023
आईजीपी भन्छन् : प्रहरी अस्पतालको गुणस्तर बढाउन उत्कृष्ट काम गरौँ

काठमाडौँ- आईजीपी बसन्त बहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवम् अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूले व्यक्तिगत स्वार्थभन्दा उठेर काम गर्नुपर्ने बताएका छन्।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जको बिहीबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा कुँवरले यस्तो बताएका हुन्।

कुँवरले अस्पतालमा आउने सेवाग्राहीको आशा र समस्याहरूलाई सम्बोधन गर्दै अझ शिष्ट बोली बचन एवम् व्यवहार तथा सकारात्मक सोँचका साथ जिम्मेवारी वहन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए।

निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक कुँवरले अस्पतालस्थित अक्सिजन प्लान्ट, इमरजेन्सी विभाग, जेष्ठ प्रहरी अतिथि गृह, पूर्व प्रहरी अधिकृत प्रतिक्षालय, नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज, मेडिसिन ओपिडि, मेस, डायलायसिस, विभिन्न वार्डहरूलगायत विभिन्न युनिटहरूको अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिएका थिए।

प्रकाशित: ७ असार २०८० १६:१६ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast