संसद्‌मा गृहमन्त्रीले भने : बाढी पहिरोमा १० को मृत्यु, २६ जना बेपत्ता

हिमाल प्रेस ५ असार २०८० १२:३९ | Tuesday, June 20, 2023
संसद्‌मा गृहमन्त्रीले भने : बाढी पहिरोमा १० को मृत्यु, २६ जना बेपत्ता

काठमाडौँ- पूर्वी क्षेत्रमा आएको बाढी पहिरोका कारण १० जनाको मृत्यु र २६ जना बेपत्ता भएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्राकृतिक प्रकोपका विषयमा जानकारी गराउँदै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मनसुन प्रवेश गरेपछि पूर्वी क्षेत्रमा बढी प्रभाव देखिएको र बाढीपहिरोका कारण १० जनाको मृत्यु, ६ जना घाइते, २६ जना बेपत्ता भएको जानकारी दिएका हुन्।

बाढी पहिरोका कारण ५४ घर पूर्णरुपमा क्षति भएको उनको भनाइ छ। विपद्को घटनापछि प्रभावित क्षेत्रमा राहत र उद्दारका साथै वेपत्ताको खोजि कार्य तीव्र गरिएको
उनले जानकारी गराए।

त्यस्तै उनले अवरुद्ध सडक खुलाउन बेलिब्रिज निर्माणको काम अघि बढेको पनि बताए। प्रधानमन्त्री लगाएको टोली बाढी प्रभावित क्षेत्रमा स्थलगत अवलोकनमा गएको र मौसमका कारण तुम्लिङटारबाहेक अन्यत्र जान नसकिएको उनले सदनलाई जानकारी गराए।

प्रकाशित: ५ असार २०८० १२:३९ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast