मुख्यसचिवलाई प्रशासनिक सेवा चुस्त बनाउन चेम्बरको सुझाव

हिमाल प्रेस ४ असार २०८० १५:०९ | Monday, June 19, 2023
मुख्यसचिवलाई प्रशासनिक सेवा चुस्त बनाउन चेम्बरको सुझाव

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले प्रशासनिक सेवा चुस्त र व्यवस्थित बनाउन मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई सुझाव दिएको छ। नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा चेम्बरले समयबद्ध तालिका बनाएर सरकारी सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउन सुझाव दिएको हो।

अन्तर सरकारी निकायबीच प्रभावकारी समन्वयमार्फत जनतासँग प्रत्यक्ष जोडिएका सेवा क्षेत्रलाई परिणाममुखी बनाउन पनि चेम्बरको सुझाव थियो। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले तालिका बनाएर सरकारी सेवा चुस्त र प्रभावकारी बनाउन सुझाव दिए।

‘समयबद्ध तालिका बनाएर सरकारी सेवा दिन सकियो भने जनतालाई निकै राहत हुन्छ,’ उनले भने, ‘कर तिर्न जाँदासमेत घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्ने ठोस नीतिगत व्यवस्थाको आवश्यक्ता छ।’

त्यस्तै संसद्‍मा विचाराधीन अधिकांश आर्थिक विधेयक अगाडी बढाउन सहजीकरण गरीदिन पनि चेम्बरले मुख्य सचिव डा. अर्यालको ध्यानाकर्षण गराएको छ।

चेम्बर पदाधिकारीहरूसँगको भेटपछि मुख्यसचिव अर्यालले सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताए। गुणस्तरीय सेवा प्रवाह दिने विषयमा सरकार संवेदनशील रहेको भन्दै उनले यसका लागि दिर्घकालीन नीतिगत योजना बन्ने काम भइरहेको पनि बताए। सेवा प्रवाह सुधारको विषय सरकारको सफलतासँग पनि जोडिएको उनको भनाइ थियो।

प्रकाशित: ४ असार २०८० १५:०९ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast