रामेछापको विकासलाई ध्यान दिन गृहमन्त्रीसमक्ष जनप्रतिनिधिको आग्रह

हिमाल प्रेस ३ असार २०८० ९:०४ | Sunday, June 18, 2023
रामेछापको विकासलाई ध्यान दिन गृहमन्त्रीसमक्ष जनप्रतिनिधिको आग्रह

रामेछाप– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न उच्च प्राथमिकता दिएको बताएका छन्। जिल्ला समन्वय समिति रामेछापले शनिबार आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हु्न्।

सुशासन कायम गर्नका लागि भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ। ‘मुलुकमा समाजिक र आर्थिक परिवर्तनका लागि सुशासन पहिलो शर्त भएकाले सरकार अहिले मुलुकमा सुशासन कायम गर्न लागेको छ,’ उनले भने।

राजनीतिक परिवर्तन पछाडि मुलुकमा समाजिक र आर्थिक विकास हुँदै नभएको भने होइन, तर जनताको अपेक्षाकृत ढंगबाट हुनुपर्ने जति नभएको उनले जनाए।

अहिले संविधान कार्यान्वनको पक्षमा सरकार रहेकाले सामाजिक, आर्थिक परिवर्तन गर्नुपर्ने अवस्था रहेको पनि उनले उल्लेख गरे।

‘म जे बोल्छु त्यो गर्छु त्यसैले गर्न नसक्ने काम म बोल्दिनँ। अरूजस्तो गर्न नसक्ने काम बोलेर भाग्ने काम पनि गर्दिनँ,’ उनले भने।

कार्यक्रमका अवसरमा जिल्लामा भएका समस्यालाई समाधान गर्न र विकास निर्माणका काम गरिदिन विभिन्न राजनीतिक दलका प्रतिनिधि, पालिका प्रमुख एवम् संघीय तथा प्रदेश सांसदले गृहमन्त्री श्रेष्ठसमक्ष आग्रह गरे।

प्रकाशित: ३ असार २०८० ९:०४ | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast