एनआईसी एशिया बैंकको नयाँ वेबसाइट सार्वजनिक

हिमाल प्रेस २ असार २०८० १६:०० | Saturday, June 17, 2023
एनआईसी एशिया बैंकको नयाँ वेबसाइट सार्वजनिक

काठमाडौँ- एनआईसी एशिया बैंकले नयाँ वेबसाइट सार्वजनिक गरेको छ। समयअनुसार परिष्कृत सेवा तथा सुविधासहित नयाँ वेबसाइट सार्वजनिक गरिएको बैंकले जानकारी दिएको छ।

डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटसहित नयाँ डिजाइनसहित वेबसाइट स्तरोन्नति गरिएको बैंकको भनाइ छ। ‘ग्राहकले खोजेको प्रोडक्ट, विवरण वा जानकारी आवाजद्वारा समेत सजिलैसँग खोज्न सकिने सुविधा यस वेबसाइटको प्रमुख विशेषता रहेको छ,’ बैंकले भनेको छ, ‘ग्राहकले खोजेअनुसारको प्रोडक्ट र विवरणहरू उपलब्ध गराउन भनेर वेबसाइटमा राखिएको ‘कस्टुमर जर्नी म्यापिङ’ सिस्टमबाट ग्राहक ले सहजै सर्च हिस्ट्री थाहा पाउन सक्नेछन्।’

नयाँ वेबसाइटमा प्रयोगकर्ताको डाटा सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रणाली अपनाइएको बैंकको भनाइ छ । वेबसाइटमार्फत अनलाइन खाता, भिडियो केवाईसी अद्यावधिक, खातामा प्यान अद्यावधिक, अनलाइन डिम्याट, सेयर आवेदन, मर्चेन्ट आवेदन, ई–सर्भिसमार्फत विभिन्न भुक्तानी गर्न सकिने सुविधा उपलब्ध छ।

प्रकाशित: २ असार २०८० १६:०० | Saturday, June 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast