कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

हिमाल प्रेस ३१ जेठ २०८० १०:०६ | Wednesday, June 14, 2023
कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवादी पूर्णबहादुर खड्कालाई दिइएको छ। सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएकाले उनी नफर्किए सम्मका लागि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई सो जिम्मेवारी दिइएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टी उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्कालाई देउवा स्वदेश नफर्कुञ्जेल पार्टीको कार्यवाहक सभापति तोकिएको उनले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्।

यो पनि:

उपचारका लागि देउवा सिंगापुरमा

प्रकाशित: ३१ जेठ २०८० १०:०६ | Wednesday, June 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast