मधेश प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत : पक्षमा १०३, विपक्षमा शून्य

हिमाल प्रेस ३० जेठ २०८० १९:२६ | Tuesday, June 13, 2023
मधेश प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत : पक्षमा १०३, विपक्षमा शून्य सरोज यादव

काठमाडौँ – मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाएका छन्। उनलाई १०३ सांसदले विश्वासको मत दिएका हुन्। मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित सबै सांसदले विश्वासको मत दिए। नागरिक उन्मुक्तिकी सांसद उर्मिला देवी सिंह र स्वतन्त्र सांसद केशव राय अनुपस्थित थिए।

जेठ १ गते सरकारबाट बाहिरिएको एमालेले सर्मथन फिर्ता लिएको थियो। सोही कारण २९ दिनपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव मंगलबार प्रदेश सभामा पेस गरेका थिए। आज फेरि एमालेले विश्वासको मत दिएको छ। मुख्यमन्त्रीले आफ्नो कार्यकालमा दोस्रोपटक विश्वासका मत लिएका छन्।

उनको प्रस्तावमा एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुर, नेपाली कांग्रेसबाट कुमरकान्त झा, जसपाबाट लालबाबु राउत, जनमत पार्टीका सांसद चन्दन सिंह, लोसपा दलका नेता अभिराम शर्मा, माओवादी केन्द्रबाट युवराज भट्टराई, एकीकृत समाजवादीका कनिश पट्टेल, नेपाल संघीय समाजवादीका विमला अन्सारी, राप्रपाकी सांसद कञ्चन बिच्छा, स्वतन्त्र सांसद अनुरुद्ध प्रसाद सिंह र प्रमोद जयसवालले रोस्टमबाटै सर्मथन रहेको घोषणा गरेका थिए।

प्रकाशित: ३० जेठ २०८० १९:२६ | Tuesday, June 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast