यस्तो छ ‘परस्त्री’को ट्रेलर

हिमाल प्रेस २८ जेठ २०८० ११:४१ | Sunday, June 11, 2023
यस्तो छ ‘परस्त्री’को ट्रेलर

काठमाडौँ– फिल्म ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले म्युजिक नेपाल युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक गरेका हुन्। दुई मिनेट ५० सेकेन्डको ट्रेलरमा प्रेम, विछोड र बदलाको कथा समेटिएको छ।

आगामी असार १५ गते प्रदर्शन हुने फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, गीता विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय छ।

फिल्म दीपेन्द्र के खनालको लेखन, सुरज पाण्डेको निर्देशन, दीर्घ खड्काको सम्पादन र नीरज कँडेलको छायांकनमा बनेको छ। फिल्मका निर्माता शर्मिला पाण्डे हुन्।

प्रकाशित: २८ जेठ २०८० ११:४१ | Sunday, June 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast