काठमाडौँ- सुर्खेतस्थित वीरेन्द्रनगरमा पहिलो कर्णाली अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ। चलचित्र विकास बोर्डमा सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सवको लोगो अनावरण तथा कार्यक्रमको औपचारिक घोषणा गरिएको हो।
आगामी असोज ४ गतेदखि ६ गतेसम्म हुने महोत्सवका निर्देशक चक्रबहादुर चन्दले जानकारी दिए। महोत्सव कर्णालीका कथा जीवनशैली, भेषभूषा, कला संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उनले बताए।
कार्यक्रममा उपस्थित सांसद ज्ञानेन्द्र शाहीले कर्णालीलाई फिल्म क्षेत्र घोषणा गर्न आफूले संसद्बाट सक्दो सहयोग गर्ने बताए। कार्यक्रममा वरिष्ठ कलाकार शिव श्रेष्ठ, पूर्वमन्त्री कुन्तीकुमारी शाही, कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्ल, हास्यकलाकार हिमेश पन्तलगायतको उपस्थित थियो।