दुई क्याम्पसमा एनआईसी एशिया बैंकको डिजिटल प्रणालीमार्फत शुल्क तिर्न सकिने

हिमाल प्रेस १७ जेठ २०८० १५:३४ | Wednesday, May 31, 2023
दुई क्याम्पसमा एनआईसी एशिया बैंकको डिजिटल प्रणालीमार्फत शुल्क तिर्न सकिने

काठमाडौँ- थापाथली इन्जिनियरिङ क्याम्पस र पशुपति बहुमुखी क्याम्पसमा एनआईसी एशिया बैंकको डिजिटल प्रणालीमार्फत रकम भुक्तानी गर्न सकिने भएको छ। यसले उक्त दुवै क्याम्पसका विद्यार्थीलाई कागजी भौचर भरिरहनुपर्ने बाध्य हट्ने विश्वास बैंकले लिएको छ।

उक्त विषयमा दुवै क्याम्पससँग छुट्टाछुट्टै सम्झौता गरिएको पनि बैंकले जानकारी दिएको छ। सम्झौताअनुसार उक्त दुवै क्याम्पसका विद्यार्थीले अब भर्ना शुल्क, सेमेस्टर शुल्क, परीक्षा तथा मासिक शुल्क, आईडी कार्ड शुल्क, प्राइओरिटी शुल्क एनआईसी एशिया बैंकका डिजिटल प्लेटफर्ममार्फत तिर्न सक्नेछन्।

त्यस्तै सर्टिफिकेट शुल्क, प्राक्टिकल शुल्क, फिल्ड रिपोर्ट शुल्क, टिचिङ प्राक्टिस शुल्क, रेकम्मेन्डेसन शुल्कलगायतका शुल्क पनि बैंकको डिजिटल प्रणालीमार्फत भुक्तानी गर्न सकिनेछ।

बैंकको क्यूआर कोड, मोबाइल बैंकिङ एप, बैंकको वेबसाइटमा रहेको ई–सर्भिस र क्वीक पे प्लेटफर्ममार्फत उक्त भुक्तानीहरू गर्न सकिने बैंकले बताएको छ।

मोबाइल बैंकिङ एपबाट शुल्क भुक्तानी गर्दा एपभित्र रहेको ई–सर्भिसमा गएर क्याम्पसको नाम छनौट गर्नुपर्नेछ। त्यस्तै बैंकको वेबसाइटमा रहेको ई–सर्भिसमा ट्याब गरी क्याम्पस छनौट गरेर भुक्तानी गर्न सकिनेछ।

प्रकाशित: १७ जेठ २०८० १५:३४ | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast