९५ प्रतिशत जनसंख्या विद्युत्‌काे पहुँचमा

हिमाल प्रेस १४ जेठ २०८० १८:५८ | Sunday, May 28, 2023
९५ प्रतिशत जनसंख्या विद्युत्‌काे पहुँचमा

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को फागुनसम्म ९५ प्रतिशत जनसंख्यामा विद्युत्‌ पुगेकाे छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा विद्युत् पहुँच तुलनात्मक रूपमा न्यून रहेको छ।

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार सुदूरपश्चिम प्रदेशका ७३ प्रतिशत जनसंख्यामा विद्युत् पुगेको छ। कर्णालीका ४४ प्रतिशत नागरिकको मात्रै विद्युत्मा पहुँच छ। लुम्बिनी प्रदेशका ९५, गण्डकीका ९८, मधेश प्रदेशका शतप्रतिशत र कोशी प्रदेशका ९७ प्रतिशत जनसंख्यामा विद्युत् पुगेको छ।

प्रदेशगत रूपमा २०७९ फागुनसम्म सबैभन्दा बढी विद्युत् उत्पादन क्षमताका आयोजना बागमती प्रदेशमा छन्। बागमतीमा ११४९ मेगावाट विद्युत् उत्पादन भएको छ।

सबैभन्दा कम कर्णाली प्रदेशमा १६ मेगावाट विद्युत् उत्पादन क्षमता छ। यसमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट उत्पादित विद्युत् समावेश नभएको सर्वेक्षणमा उल्लेख छ।

प्रकाशित: १४ जेठ २०८० १८:५८ | Sunday, May 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast