पूर्वराष्ट्रपति भण्डारीले गरिन् रासस अवलोकन

हिमाल प्रेस १४ जेठ २०८० १८:२३ | Sunday, May 28, 2023
पूर्वराष्ट्रपति भण्डारीले गरिन् रासस अवलोकन

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालय निरीक्षण गरेकी छन्।

गणतन्त्र दिवस २०८० को सन्दर्भमा आयोजित तस्बिर प्रदर्शनीको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले राससको समाचार संकलन कक्ष, नेपाली, अंग्रेजी र अन्तर्राष्ट्रिय समाचार सम्पादन कक्ष, तस्बिर सम्पादन कक्ष र प्रशासनिक कक्षको निरीक्षण गरिन्।

पूर्वराष्ट्रपति भण्डारीलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राईलगायतले व्यवस्थापकीय र समाचारसम्बन्धी विषयहरूमा जानकारी गराएका थिए। रासस

प्रकाशित: १४ जेठ २०८० १८:२३ | Sunday, May 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast