सार्वजनिक संस्थानमध्ये सबैभन्दा बढी कमायाे विद्युत् प्राधिकरणले

हिमाल प्रेस १४ जेठ २०८० १७:२६ | Sunday, May 28, 2023
सार्वजनिक संस्थानमध्ये सबैभन्दा बढी कमायाे विद्युत् प्राधिकरणले

काठमाडौँ- सरकारले सार्वजनिक संस्थाहरूको आर्थिक विवरण समेटिएको पहेँलो किताब सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७८/७९को कार्यसम्पादनलगायत समेटिएको ‘सार्वजनिक संस्थानको वार्षिकस्थिति समीक्षा २०८०’ अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको हो।

सो आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान नेपाल विद्युत् प्राधिकरण बनेकाे छ। प्राधिकरणले याे आर्थिक वर्षमा १३ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

त्यसपछि उच्च आम्दानी गर्नेमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ। कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ। त्यसपछि आम्दानी गर्नेमा क्रमशः राष्ट्रिय वाणिज्य बैंक, नागरिक लगानी कोष र निक्षेप तथा सुरक्षण कोष रहेका छन्।

आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै नागरिक लगानी कोषले ३ अर्ब १० करोड ४२ लाख र निक्षेप तथा सुरक्षण कोषले २ अर्ब १ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेकाे छ।

प्रकाशित: १४ जेठ २०८० १७:२६ | Sunday, May 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast