अध्यक्ष ढकाल र संयुक्त राष्ट्र संघ आवासीय संयोजक हानाबीच भेटवार्ता

हिमाल प्रेस ११ जेठ २०८० १८:२८ | Thursday, May 25, 2023
अध्यक्ष ढकाल र संयुक्त राष्ट्र संघ आवासीय संयोजक हानाबीच भेटवार्ता

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त राष्ट्र संघ आवासीय संयोजक हाना सिंगरबीच भेटवार्ता भएको छ। भेटमा निजी क्षेत्र र विकास साझेदारबीच दिगो विकासका लक्ष्य प्राप्ति र अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि मिलेर काम गर्ने विषयमा छलफल भएको छ। महासंघ सचिवालयमा बिहीबार भएको भेटवार्तामा अध्यक्ष ढकालले मुलुकको आर्थिक संकट समाधानका लागि सहकार्यका गर्न हानासँग आग्रह गरेका छन्।

ढकालले समस्या समाधानका लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकतामा सहकार्य गर्न आग्रह गरे। साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीन तहकै सरकारसँगको सहकार्य लगायतका विषयमा पनि छलफल भएको महासंघले जनाएको छ।

आवासीय संयोजक हानाले महासंघ अध्यक्ष ढकालले राखेका विषयलाई आफूले महत्त्वका साथ लिएको बताइन्। उनले दिगो विकासको लक्ष्य र स्तरोन्नतिका विषयमा विशेष चासो राखेकी थिइन्। स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट्र संघले सहकार्य गर्न सक्ने उनले बताइन्।

प्रकाशित: ११ जेठ २०८० १८:२८ | Thursday, May 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast