काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले ३९ जनालाई विभूषण प्रदान गरेका छन्। गत वर्ष संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण प्रधानसेनापति शर्माले मंगलबार प्रदान गरेका हुन्।
मंगलबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापतिले २१ अधिकृत, ६ पदिक र १२ अन्यदर्जा गरी ३९ जनालाई अलङ्कार र पदक प्रदान गरेका हुन्।
गत वर्ष असोज ३ गते संविधान दिवसको अवसरमा नेपाली सेनाका २७ जनाले विभिन्न मानपदवी, २७ जनाले अलङ्कार र २९ जनाले पदक पाएका थिए। मानपदवी पाउनेले गत वैशाख १ गते राष्ट्रपतिबाट विभूषण पाएका थिए।
प्रकाशित: ९ जेठ २०८० १९:३० | Tuesday, May 23, 2023
प्रतिक्रिया




