भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप २ दिन हिरासतमा राख्न अनुमति

हिमाल प्रेस ९ जेठ २०८० १७:५४ | Tuesday, May 23, 2023
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप २ दिन हिरासतमा राख्न अनुमति फाइल तस्बिर।

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव टोपबहादुर रायमाझीलगायतलाई थुनामा राख्ने म्याद सकिएपछि प्रहरीले उनीहरूलाई सरकारी वकिलको कार्यालय र त्यसपछि काठमाडौँ जिल्ला अदालत लगेको थियो।

सो क्रममा अदालतले थप २ दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि सोमबार प्रहरीले शरणार्थी प्रकरणमा भएको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ। शरणार्थी प्रकरणमा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ।

साथै उनीहरूबाट २७ करोड विगोसहित जरिबाना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाँण, रायमाझी, सचिव टेकनारायण पाण्डेलगायत १६ जनालाई पक्राउ गरी अनुसन्धान गरेको छ।

प्रकाशित: ९ जेठ २०८० १७:५४ | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast