‘लुम्बिनी विकास बैंक अरण्यज्योति कप’को उपाधि पेलिकन्सलाई

हिमाल प्रेस ८ जेठ २०८० २१:१८ | Monday, May 22, 2023
‘लुम्बिनी विकास बैंक अरण्यज्योति कप’को उपाधि पेलिकन्सलाई

पोखरा- ‘लुम्बिनी विकास बैंक अरण्यज्योति कप-२०८०’को उपाधि तनहुँको पेलिकन्स क्रिकेट क्लबले जितेको छ। पोखरा रंगशालाको क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा आयोजक अरण्यज्योति क्रिकेट क्लबलाई ६९ रनले हराउँदै पेलिकन्सले उपाधि जितेको हो।

जितसँगै तनहुँले ८० हजार तथा उपविजेताले अरण्यज्योति क्रिकेट क्लबले ४० हजारसहित ट्रफी पुरस्कार पाएका छन्। यसअघि पहिला ब्याटिङ गरेको तनहुँले पूरा २० ओभरमा ४ विकेट गुमाएर १८८ रन बनाएको थियो। जवाफमा अरण्यज्योतिको पारी ११९ रनमा समेटिएको थियो।

विजयी खेलाडीलाई लुम्बिनी विकास बैंकका सञ्चालक रामचन्द्र सिग्देल, नेपाल क्रिकेट संघका सदस्य क्रषिराम गौतम आयोजक क्लबका अध्यक्ष कमल थापालगायतले पुरस्कार वितरण गरे।
आठ दिनसम्म चलेको प्रतियोगितामा ८ टिमको सहभागिता थियो।

प्रकाशित: ८ जेठ २०८० २१:१८ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast