काठमाडौँ- भक्तपुर लोकन्थलीस्थित एमाले नेता गोकुल बाँस्कोटाको घरनजिक आइतबार फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु डिस्पोज गरेको हो।
सो वस्तु बम नभएको बताइएको छ। डिस्पोज गरिसकेपछि सो वस्तु फरेन्सिक जाँचका लागि नेपाली सेनाले लगेको छ। ‘फरेन्सिक जाँचपछि मात्रै थप कुरा थाहा होला,’ भक्तपुर प्रहरी परिसरका डीएसपी राजीव पाण्डेले भने।
यसअघि २०७६ सालमा पनि बाँस्कोटाको घर बन्दै गरेका बेला बम विस्फोट भएको थियो।
प्रकाशित: १८ मंसिर २०७९ ९:५१ | Sunday, December 4, 2022
प्रतिक्रिया




