आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल [तस्बिरहरू]

दिपेश श्रेष्ठ ५ जेठ २०८० १७:१४ | Friday, May 19, 2023
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल [तस्बिरहरू]

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। राष्ट्रपतिले शुक्रबार नयाँ वानेश्वरस्थित प्रतिनिधिसभा भवनमा प्रधानमन्त्री, साभामुख र सासंदहरूको उपस्थितिबीच नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो। नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि राष्ट्रपति प्रतिनिधिसभा भवनतर्फ जाँदा सार्वजनिक र निजी सवारी साधनहरूलाई रोक गरिएन। औपचारिकताका लागि संसद भवनको गेटबाट मात्र कारकेडको व्यवस्था गरियो।

यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद आउँदा शितल निवासदेखि नै सडक खाली गराइन्थ्यो।

प्रकाशित: ५ जेठ २०८० १७:१४ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast