नक्कली शरणार्थी प्रकरणमा प्रहरीमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : पूर्वमन्त्री देव

हिमाल प्रेस ५ जेठ २०८० १५:०७ | Friday, May 19, 2023
नक्कली शरणार्थी प्रकरणमा प्रहरीमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : पूर्वमन्त्री देव

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्द्रनारायण देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीमाथि कुनै पनि खालको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवले सो प्रकरण राज्यविरुद्धको अपराध भएकाले त्यसमा संलग्न जोकोहीलाई कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

उनले मुलुकमा भ्रष्टाचारको ‘नेक्सस’ नै खडा भएको भन्दै त्यसलाई सरकारले निरन्तर निगरानीमा राख्नुपर्ने बताए। उनले नेपाली जनताले भ्रष्टाचारको अन्त्य, सुशासन र सेवा प्रवाह चाहिरहेको उल्लेख गर्दै त्यस काममा सरकार अग्रसर हुनुपर्नेसमेत औँल्याए।

प्रकाशित: ५ जेठ २०८० १५:०७ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast