माओवादी केन्द्रका नेताहरू चीन प्रस्थान

हिमाल प्रेस ५ जेठ २०८० ११:५१ | Friday, May 19, 2023
माओवादी केन्द्रका नेताहरू चीन प्रस्थान

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटासहितको २० सदस्यीय टोली आज चीन प्रस्थान गरेको छ।

सापकोटासहित सचिव डिलाराम आचार्य, हितमान शाक्य, गणेश शाह सहित प्रदेश अध्यक्ष, जनवर्गीय संगठनका नेताहरु चीन गएको भ्रमण दलका सदस्य जिपी मैनालीले बताए।

चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीच दुई देशबीचका अनुभव आदनप्रदान गर्ने उद्देश्यका साथ चीन भ्रमणमा हिँडेको मैनालीले बताए।

चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका अरू पार्टीबीच पनि अनुभव आदनप्रदान गर्न नियमित भ्रमण हुँदै आएको छ। यो बीचमा कोरोना महामारी भएकाले भ्रमण रोकिएको थियो।

प्रकाशित: ५ जेठ २०८० ११:५१ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast