आर्थिक अवस्था सुधारका लागि बजेटमार्फत पहल गर्न आवश्यक : अध्यक्ष ढकाल

हिमाल प्रेस ४ जेठ २०८० २०:३८
12
SHARES
आर्थिक अवस्था सुधारका लागि बजेटमार्फत पहल गर्न आवश्यक : अध्यक्ष ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याउने अगामी बजेटले विद्यमान आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्न आवश्यक रहेको बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन सार्वजनिक एवं छलफल कार्यक्रममा उनले आगामी बजेटमार्फत विशेष पहल गरेमा अहिलेको आर्थिक अवस्था सुधार हुने बताएका हुन्।

सरकारल अर्थतन्त्र सुधारका लागि ब्याजदर स्थायित्व, कर्जाको पुनःसंरचना र पुनर्तालिकीकरण तथा उद्यमी व्यवसायीलाई पुनर्कर्जा सुविधा दिनुपर्ने उनको भनाइ थियो। व्यवसायीका माग राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षामा आंशिक रूपमा समेटे पनि यत्तिले मात्रै बजार चलायमान नहुने उनको भनाइ थियो।

आगामी मौद्रिक नीति थप लचिलो बन्न आवश्यक रहेको उनले औँल्याए। त्यस्तै सरकारले औपचारिक माध्यमबाट बढीभन्दा बढी रेमिट्यान्स भित्र्याउने योजना बनाउनुपर्ने उनको भनाइ थियो। त्यस्तै सानो आय भएका व्यक्तिहरूले प्रयोग गर्ने रोकिएको रेमिट्यान्स सेवा सुचारु गर्न पनि उनले सरकारसँग माग गरे।

प्रकाशित: ४ जेठ २०८० २०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =