भुटानी शरणार्थी प्रकरणमा दोषी नउम्कने र निर्दोष नपर्ने नीति लिएका छौँ : प्रधानमन्त्री

हिमाल प्रेस ४ जेठ २०८० १३:५० | Thursday, May 18, 2023
भुटानी शरणार्थी प्रकरणमा दोषी नउम्कने र निर्दोष नपर्ने नीति लिएका छौँ : प्रधानमन्त्री प्रतिनिधिसभाकोे बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुटानी शरणार्थी प्रकरणमा दोषी नउम्कने नीति लिएको बताएका छ।

आज प्रतिनिधिसभा बैठकमा सांसदको सवाल जवाफ दिँदै प्रचण्डले ‘जुनसुकै तहका व्यक्ति दोषी भएमा कारबाही गर्ने’ नीति लिएको स्पष्ट पारेका छन्।

उनले बैठकमा बोल्दै प्रहरीलाई अनुसन्धान गर्न समेत आफूहरूले दबाब नदिएको बताएका छन्।

‘भुटानी शरणार्थी प्रकरणमा सरकारले निष्पक्ष, तटस्थ छानबिन गर्ने नीति लिएका छौँ,’ उनले भने,‘मैले गृहमन्त्रीलाई पनि यस विषयमा निष्पक्ष तरिकाले अघि बढ्न निर्देशन दिएको छु।

प्रकाशित: ४ जेठ २०८० १३:५० | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast