फोटो पत्रकार समूहले प्रधानमन्त्रीलाई बुझायो ७ बुँदे ज्ञापनपत्र

हिमाल प्रेस ३ जेठ २०८० १०:५६ | Wednesday, May 17, 2023
फोटो पत्रकार समूहले प्रधानमन्त्रीलाई बुझायो ७ बुँदे ज्ञापनपत्र

काठमाडौँ- राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाएको छ।

संस्थाका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वको टोलीले बुधबार बिहान प्रधानमन्त्रीलाई भेटी ७ बुँदे ज्ञापन पत्र बुझाएको हो।

ज्ञापनपत्रमा नेपालमा विभिन्न सञ्चार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरुको हक हितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त होस् र फोटो संग्राहलयका लागि जग्गा भवन उपलब्ध गराईदिन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ।

त्यस्तै ‘फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण पत्रकारहरुको बिमा सुरक्षा र हरेक वर्ष प्रदान गरिने राष्ट्रिय मानपदवी अथवा प्रबल जनसेवाश्री पदकमा फोटो पत्रकार विधा समावेश गरी फोटो पत्रकारहरूलाई पनि योगदानको आधारमा राष्ट्रले सम्मान गरोस्’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

त्यस्तै, फोटो पत्रकारहरुलाई व्यावसायिक, मर्यादित बनाउनको लागि विभिन्न ट्रेनिङ दिन वार्षिक रूपमा बजेट नियमित उपलब्ध गराउन र समय अनुसार अपडेट रहन फोटो पत्रकारलाई आवश्यक क्यामेरा किन्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पनि माग गरेको छ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डलेले फोटो पत्रकारहरूका माग जायज भएको बताउँदै माग पूरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने जानकारी दिए।

‘मागहरू जायज रहेका छन् त्यति ठूला र गर्न नसकिने माग छैनन् यसको लागि पहल गर्ने प्रतिबद्धता जनाउन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रकाशित: ३ जेठ २०८० १०:५६ | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast