सिद्धार्थ बैंकलाई आईएफसीले ७ अर्ब रूपैयाँभन्दा बढी ऋण दिँदै

हिमाल प्रेस २ जेठ २०८० १९:१५ | Tuesday, May 16, 2023
सिद्धार्थ बैंकलाई आईएफसीले ७ अर्ब रूपैयाँभन्दा बढी ऋण दिँदै

काठमाडौँ- इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)ले सिद्धार्थ बैंकलाई ७ अर्ब रुपैयाँ ऋण दिने भएको छ। विश्व बैंक समूहअन्तर्गतको आईएफसीले सिद्धार्थ बैंकका लागि ५ करोड ५० लाख अमेरिकी डलर अर्थात ७ अर्ब रुपैयाँभन्दा बढी ऋण स्वीकृत गरेको हो।

आईएफसीले लघु, साना तथा मझौला उद्यम तथा व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौताअनुसार उक्त रकम बराबर ऋण दिने भएको हो। सोसँगै सिद्धार्थ बैंकले स्वच्छ ऊर्जा परियोजना, विद्युतीय सवारीसाधन, जलवायु मैत्रीपूर्ण कृषिलगायत परियोजनामा लगानी गर्ने बताएको छ।

उक्त रकमले लघु, साना तथा मझौला व्यवसाय स्थापना, सञ्चालन तथा प्रवद्र्धन गर्न र हाल नेपालको बैंकिङ प्रणालीमा कायम तरलता अभावको समस्या समाधानका लागि पनि केही हदसम्म टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: २ जेठ २०८० १९:१५ | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast